बिराटनगर,१ असोज ।नेकपा (एकीकृत समाजवादी) ले बिराटनगर १३ मा शाखा कमिटी गठन गरेको छ । आफ्नो सङ्गठन निर्माणलाई तीब्र गति दिएको समाजवादी पार्टिले हिराकाजी श्रेष्ठ रहनु भएको ४१ सदस्यीय वार्ड कमिटी गठन भएको छ । नवगठित कमिटिको उपाध्यक्षमा मोहम्मद समसुल हक र टीका सिवाकोटी , सचिवमा मिथिलेश्वर मिश्र , उपसचिवमा सुचिता कर्ण रहनु भएको छ ।

पुराना मजदुर नेता शम्भु शाहको अध्यक्ष्यता भएको भेलामा वडाको अगुवा कार्यककर्ता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी , प्रदेश कमिटि सदस्य बिरेन्द्र यादव , लक्ष्मी अधिकारी , जिल्ला कमिटीका उपाध्यक्ष डा.उद्धव पोखरेल जिल्ला कमिटीका सदस्य किशोर शाही, गोपाल भुजेल , पदम सुब्बा लगायत तथा महानगर कमिटीका उपसचिव योगेश राजभण्डारीले नवनियुक्त कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

त्यसैगरी युवा सङ्ग नेपालले सोही वार्डमा शाखा कमिटी बिस्तार गरेको छ । युवाको भेलाले निश्चय श्रेष्ठ अध्यक्ष रहनु भएको ४१ सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त कमिटीको उपाध्यक्ष मा उर्मिला क्षेत्री, सचिवमा दुर्गा प्रसाईं , उपसचिव मा पुष्पा तुलाधर र कोषाध्यक्ष मा स्नेहा कर्ण रहनु भएको छ । उक्त कमिटिलाई युवा सङ्ग नेपालका मोरङ्ग जिल्लाका उपाध्यक्ष सन्जय बिक जिल्ला कमिटीका सचिव सन्जय चौधरी तथा महानगर इन्चार्ज उदय यादव तथा महानगर कमिटीका सचिव जुनु पोखरेलले बधाई तथा शुभकामना दिनु भएको थियो।





















