बिराटनगर,२ असोज ।नेकपा (एकीकृत समाजवादी) ले बिराटनगर ४ मा शाखा कमिटी गठन गरेको छ । आफ्नो सङ्गठन निर्माणलाई तीब्र गति दिएको समाजवादी पार्टिले सुशिला पोखरेल (सापकोटा) रहनु भएको ५५ सदस्यीय वार्ड कमिटी गठन भएको छ ।

नवगठित कमिटिको उपाध्यक्षमा.सिताराम घिमिरे, टेक बहादुर बिक,प्रेम कार्कि सचिवमा खिलाराज भट्टराई , उपसचिवमा नितेस कार्की, सत्य नारायण उराव , रामकुमार यादव रहनु भएको छ । पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले जनताले दिएको अभूतपूर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरेको बताए ।

241780971_183904843792903_7161776302220747729_n (2)

उनले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेको बताए । उक्त भेलालाई पार्टी प्रदेश कमिटि सदस्य मणि दाहाल , बिरेन्द्र यादव , लक्ष्मी अधिकारी , प्रदेश सभा सदस्य माननीय पदम कुमारी गुरुङ , जिल्ला कमिटीका अध्यक्ष्य चन्द्रबीर राई अनेरास्ववियुका सह अध्यक्ष्य वशिम आलम , जिल्ला कमिटी सदस्य भूप बास्तोला महानगर कमिटीका उपसचिव योगेश राजभण्डारीले नव गठित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।