कानेपोखरी,२ असोज ।मोरङको कानेपोखरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को कमिटी गठन भएको छ । सनिबार रमाइलोमा भएको अगुवा कार्यकर्ता भेलाले को पहिलो गाउँ भेला भुमी दुलालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

त्यसैगरी भेलाले जिबन मुडयारीको अध्यक्षतामा ३१ सदस्यीय युवा संघको समेत कमिटी गठन गरेको छ । नेकपा (एस )का केन्द्रिय सल्लाहकार तथा पुर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोरङ जिल्ला कमिटी उपाध्यक्ष तथा संविधानसभा सदस्य चण्डी राईको विशेष आतिथ्य रहेको थियो ।
नव गठीत कमिटीलाई जिल्ला कमिटी सचिवालय सदस्य टंक भण्डारी पार्टी जिल्ला कमिटी सदस्य तथा युवा संघ मोरङका अध्यक्ष प्रेमराज भारतीले शुभकामना मन्तब्य राखेका थिए ।





















