वीरगंज,३ भदौ । युवा संघ नेपाल, पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न भएको छ । वीरगंजकाे बसपार्कस्थित होटल हिमालमा भएकाे कार्यक्रममा भुपेन्द्र साहकाे अध्यक्षतामा गठित १२१ सदस्यीय युवा स‌घका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

नव गठित जिल्ला समितिकाे उपाध्यक्ष श्रीलाल कुशवाहा, सचिव रबि गुप्ता, सह सचिव आकाश पटेल, सदस्यहरुमा मुन्ना चाैधरी, पवन पटेल, अनिल कुमार कुशवाहा, सुनिल कुमार गुप्ता, दिपक साह, अनिश पटेल, रकि खान अ‌‌सारी लगायतका रहेका छन् ।

242164024_2425306247600319_7980286470297349377_n (2)

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थपाले एमाले एक जना म, म भन्ने र उनको पछि बा, बा भन्दै चाकरी गर्नेहरुको पार्टीको रुपमा रुपान्तरण भएपछि बिद्रोह गर्दै नेकपा एकीकृत समाजबादी निर्माण भएको बताए ।

242237165_2942866239299191_7860279307284299447_n (2)

अध्यक्ष थापाले एमाले पार्टी पुजीवादीहरुको नियन्त्रणमा गइसकेको हुनाले त्यस पार्टीबाट समाजबादी क्रान्ति सम्भव नरहेकोले सम्पुर्ण क्रान्तिकारीहरुलाई एकीकृत समाजबादी पार्टीमा गोल्बन्द हुन अहवान समेत गरे ।

युवा संघ नेपाल, पर्साका अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा भएकाे कार्यक्रममा एकीकृत समाजबादी पार्टीका वीरगंज माहानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका सचीव अरुण यदाव, प्रदेश न.२ का अध्यक्ष अर्जुन सिंह, एकीकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

242228882_2942864589299356_1479804789532748840_n

स्वागत मन्तब्य युवा संघ बिरगंज माहानगर कमिटीका उमेश ठाकुर र संचालन सह – सचिव अकाश पटेल ले गरेका थिए । बिस्तारित बैठक बाट विभिन्न स्थानीय तहहरुको कर्यबिभाजन गरि सकिने युवा संघ नेपालका सचिवालय सदस्य पटेल ले बताए ।

242252199_2942864682632680_4343047498774208417_n