बेलबारी,६ असोज । नेकपा (एस) का नेता तथा वामपन्थि आन्दोलनकी चर्चित नेतृ रामकुमारी झाँक्री मोरङको बेलवारी आउने भएकी छिन । यही असोज ९ गते शनिवारका दिन युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन ।

बेलवारी १ स्थित बौद्ध गुम्वामा बिहान ११ बजे देखी सुरु हुने सो कार्यक्रममा नेतृ झाँक्री प्रमुख बक्ताका रुपमा रहने युवा संघ नेपाल बेलबारी नगर कमिटीका अध्यक्ष हेमन्त गुरुङले जानकारी दिए । अनेरास्ववियुको मात्र नभै नेपालका बिधार्थी संगठनहरु मध्येमै पहिलो अध्यक्ष भएर इतिहास रच्न सफल भएकी नेतृ झाँक्रीलाई पाच सय भन्दा बढी युवाहरुले स्वागत तथा स्कटीङ गरी बिराटनगर विमानस्थल स्थलबाट कार्यक्रम स्थल सम्म ल्याइने भब्य कार्यक्रम रहेकाे युवा संघ नेपालका केन्द्रीय सदस्य चरण गुरुङले जाकारी दिए।

नेतृ रामकुमारि जस्तो गतिशील यूवा तथा भ्रष्टाचार प्रती शून्य सहनशिलता नीतिलाई क्यवहारमा अक्षरश: लागू गर्दै र लड्दै आउनु भएका नेताको बेलबारीमा आगमन हुनु र बर्तमान राजनैतिक अन्याैल,भ्रमका बनरेमा वहाँका भनाईहरू बुझ्न,सुन्नका लागि कार्यक्रममा गाउँ गाउँबाट ठूलाे संख्यामा जनताहरुको सहभागी हुने तयारि भैरहेकाे अध्यक्ष गुरुङले जानकारी दिए । गत भदौ ३१ गते हेमन्त गुरुङको अध्यक्षतामा १५१ सदस्यीय बेलबारी नगर कमिटी गठन भएको एक हप्ता नबित्दै रक्तदान लगायतका बिभिन्न कार्यक्रमहरु भब्यरुपमा सम्पन्न भै सकेका छन ।

युवाहरुको कार्यक्रमलाई सफल बनाउन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्हाकार तथा पुर्वसांसद हर्कमान तामाङ्ग संबिधान सभाका सदस्य तथा नेता चन्द्र बहादुर गुरुङ,युवा नेता प्रेमराज भारती,चरण गुरुङ पार्टीका नेताहरु कमल कोइराला, भुपाल बस्नेत,अर्जुन गिरी,नेता फणिन्द्र थापा,बिधार्थी नेताहरु मिलन बस्नेत,,सन्तोष लिम्बु लागायतका नेताहरुको सहयोग रहेको छ ।

बेलबारीमा युवा संघ गठन भएको छोटो समयमै जनताहरुमा लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गर्ने बेलावारीका युवाहरुको सक्रियताले गर्दा बेलबारीमा नेकपा एकीकृत समाजवादी पार्टीकाे लाेकपृयता चाँडै जनमानसमा बलियो हुने संकेतहरू देखा पर्न थालेकाे बिष्लेषकहरूकाे भनाई रहेकाे छ।