बेलबारी,६ असोज । नेकपा (एस) निकट युवा संघको १५१ सदस्सीय सुन्दरहरैचा नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बुधबार सुन्दरहरैचा १० स्थित सुकुना सामुदायिक बनको सभाहलमा भएको युवाहरूको भेलाले उपाध्यक्षमा धुर्व रिजाल, सचिवमा मौसम राइ, सह सचिवहरुमा सुन्दर तामाङ, सन्तोष राई र सदस्यहरु चयन गरेको हो ।

नगर कमिटीमा नौ जनाको संख्यामा पदाधिकारी रहेकोमा बाकी रहेको पदाधीकारीहरु पहिलो बैठकको निर्णयले पद पुर्ती गरीने नव गठित कमिटीका अध्यक्ष दिवस श्रेष्ठले बताए ।

242373865_4389636727771779_80379198504990888_n (3)

भेलामा सम्बिधान सभा सदस्य तथा नेकपा (एस) का नेता चन्द्रबहादुर गुरुङकोको प्रमुख आतिथ्य रहेको र १ नम्बर प्रदेश कमिटीका सदस्यहरु लक्ष्मी कुमार श्रेष्ठ, देवराज कार्की, लोक बहादुर बोगटी,मोरङ जिल्ल्ला कमिटी सदस्य चुडामणि नेपाल,कमल दाहालको आतिथ्य रहेको थियो  ।

नव गठित कमिटीलाई नेकपा (एस) का सुन्दरहरैचा नगर कमिटीका उपाध्यक्ष इ. सुरेश कुमार श्रेष्ठ, डोलेस्वर तिम्सिना चन्द्र ढकाल (झापाली) सहसचिव अर्जुन ढकाल युवा संघ बेलबारी नगर कमिटीको तर्फबाट यानभ राई लगायतले बधाई तथा सुभकामना मन्तब्य ब्याक्त गरेका थिए । युवा संघ नेपालका केन्द्रिय सदस्य चरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संघका स्थायी कमिटी सदस्य प्रेमराज भारतीले संचालन गरेका थिए ।