सुनसरी,१२ असोज । नेकपा(एस)निकट अनेरास्ववियुको सुनसरी जिल्ला कमिटी गठन भएको छ । बुधबार इटहरीमा पदाधिकारीको बैठक बसेर अतीत किरण नेपालको अध्यक्षमा ५१ सदस्य कमिटी रहने गरि कमिटी गठन गरेको हो ।

९ जना पदाधिकारीहरु रहने सो कमिटीमा उपाध्यक्ष,सचिवमा क्रमस प्रतिरोध खतिवडा र आशिष प्रधान रहेका छन । त्यसैगरी सहसचिवमा अरुण कटुवाल,रिता ढकाल,प्रगिन आचार्य,सहबाज आलम,हेमराज खड्का (आदित्य) कोषाध्यक्षमा अमित दाहाल रहेको सचिव आशिष प्रधानले जानकारी दिए ।

भेलामा केन्द्रीय सचिव राजेश खड्का प्रमुख अतिथि रहेका थिए भने भेलामा केन्द्रीय सदस्यहरु आशिष बोहोरा,किशोर कट्वाल, शिशिर पौडेल,महेश अधिकारी लगायतको उपस्थिति रहेको थियो । भेला केन्द्रीय सचिव सुमन कार्कीको अध्यक्षतामा संम्पन्न भएको थियो ।