धनकुटा,१३ असोज । नेकपा (एस) धनकुटाले पार्टी निर्माण कार्यलाई तिब्रता दिएको छ । केन्द्रमा नेकपा (एस) पार्टी दर्ता भएको एक महिना नबित्दै, जिल्ला कमिटी गठन गरी पार्टी निर्माणलाई तिब्रता दिएको हो ।

यसैक्रममा बुधबार शहिदभुमी गाउँपालिका कमिटी गठन गरेको छ । शहिदभुमी गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेलाले बाबुराम राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । भेलामा नेकपा (एस) १ नम्बर प्रदेश कमिटी सदस्य धर्म पौडेल,प्रदेश सदस्य तथा जिल्ला समन्वय समिती उपप्रमुख बंगला राई, जिल्ला अध्यक्ष अर्जुन राई लगायतको आतिथ्यता रहेको थियो ।

243252746_4744999538844792_1430911793651309535_n

धनकुटा जिल्लामा जम्मा ३ वोटा नगरपालिका मध्ये धनकुटा र पाख्रीवासमा कमिटी निर्माण भैसकेको र ४ वोटा गाउँपालीकाहरुमा शहिदभुमीमा कमिटी निर्माण भैसकेको र बाकि रहेको नगरपालिका र गाउँपालिकाका कमिटीमा दशैँ अघिनै कमिटीहरु निर्माण गरीने नेकपा (एस) धनकुटाका जिल्ला कमिटी अध्यक्ष अर्जुन राईले जानकारी दिए ।