लेटाङ,१५ असोज । मोरङको लेटाङमा नेकपा ( एकीकृत समाजवादी )को अग्नी पौडेलको अध्यक्षमा ५१ सदस्यीय नगर कमिटी गठन भएको छ । सुक्रवार लेटाङमा भएको नगर स्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले सचिवमा डिल्ली तिम्सिना लगायत सदस्यहरु चयन गरेको हो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)केन्द्रिय सदस्य पुर्ब सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा पार्टीका प्रदेश कमिटी सदस्यहरु बलबहादुर घिसिङ , मानबहादुर श्रेष्ठ, प्रदेश नम्वर १ का सांसद उपेन्द्र घिमिरेको आतिथ्यता रहेको थियो ।

नव गठित कमिटीलाई नेकपा (एस) मोरङ जिल्ला अध्यक्ष चन्द्रवीर राई, युवा संघ जिल्ला अध्यक्ष प्रेमराज भारती लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा (एस) मोरङ जिल्ला कमिटी सदस्य बिनोद सुबेदीको अध्यक्षता भएको सो कार्यक्रमलाई युवा नेत्री शान्ती गुरुङ पाख्रीनले संचालन गरेकी थिइन ।





















