धनकुटा,१७ असोज । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा (एस )को कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)को नगर स्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले आइतबार लालबहादुर महताराको अध्यक्षतामा ६२ सदस्यीय नगर कमिटीको निर्माण गरेको हो ।

भेलामा नेकपा (एस) का १ नम्बर प्रदेश कमिटीका सदस्य प्रदेश सदस्य धर्म पौडेलको प्रमुख आतिथ्यरहेको थियो । नव गठित कमिटीलाई जिल्ला कमिटी सचिव सचिब खगेन्द्र सुबेदी लगायतका नेताहरुले बधाई तथा सुभकामना मन्तब्य राखेका थिए । धनकुटा जिल्लामा ३ वोटा नगरपालीकाहरु रहेकोमा सवै नगरपालीकामा आजदेखी कमिटी गठन गर्ने कार्य सम्पन भएको नेकपा(एस)का जिल्ला कमिटी अध्यक्ष अर्जुन राइले जानकारी दिए ।

जिल्लामा ४ वोटा गाउँपालीकाहरु रहेका छन भने शहिदभुमीमा कमिटी निर्माण भैसकेको र बाकि गाउँपालिकामा दशैँ अघिनै कमिटीहरु निर्माण कार्य सम्पन्न गरीने अध्यक्ष राईले वताए । यस अघी पाख्रीबासमा सोवित निरौलाको अध्यक्षतामा ५४ सदस्यीय र धनकुटा नगरमा सुजनभाई जोशीको अध्यक्षतामा ६७ सदस्यीय नगर कमिटी गठन गरीसकेको छ । एमालेले आफ्नो एक छत्र बर्चस्व रहेको भन्दै आएता पनी धनकुटामा पछिल्लो समय नेकपा (एस) मा जनताहरुको लहरले गर्दा धमाधम कमिटीहरु निर्माण हुन थालेपछी एमालेलाई ठुलो धक्का लाग्ने विश्लेसकहरुको अडकल रहेको छ ।