भूमिप्रसाद पाठक

पथरी,१९ असोज  । विधान महाधिवेशन सकिएलगत्तै एमाले निकट जनसंगठनको गठन, पुनर्गठन कार्य अत्यन्तै उत्साहपूर्वक सुरू भएको छ । मोरङको उत्तरपूर्वस्थित मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा पार्टीसम्बद्ध भातृसंगठन अखिल नेपाल महिला संघ गठन भएको छ भने वडा नं. ८ र ७ एमालेको स्थानीय अगुवा कार्यकर्ता भेला एवं संगठन निर्माणको पूर्वाधार विकासस्वरूप बिस्तारित बैठक सम्पन्न भएको छ ।

प्रमुख अतिथिका रूपमा आमन्त्रित पार्टीका प्रदेश कमिटी सदस्य युवराज बास्कोटा, अतिथिहरू क्रमशः अनेमसंघ मोरङ जिल्ला सचिव रिता न्यौपाने, पार्टी जिल्ला सदस्यद्वय नरेन्द्रप्रसाद ढुङ्गेल, गाउँपालिका अध्यक्ष समेत रहनुभएका जिल्ला कमिटी सदस्य देवीप्रसाद आचार्य, किसान नेता डिल्लीप्रसाद खतिवडा, जनपक्षीय गायक विशाल राईं, जनप्रतिनिधि नवीन कार्कीलगायतले सम्बोधन गर्नु भेलाबाट रश्मी खड्काको अध्यक्षतामा ३७ सदस्यीय अनेमसंघ गठन भएको छ ।

244446006_589457235840710_5064687095312396845_n

गठित कमिटीमा क्रमशः उपाध्यक्ष नानुमाया बराइली, उपाध्यक्ष सुस्मा याखा, उपाध्यक्ष रेनुका रसाइली, उपाध्यक्ष बन्दना लामा, उपाध्यक्ष कमलकुमारी काजी, सचिव दिलिसा मगर, सहसचिव उमा न्यौपाने, कोषाध्यक्ष जानुका श्रेष्ठ सहित सदस्यहरूमा क्रमशः सिर्जना निरौला, बुद्धिकला दाहाल, मेनुका मुखिया, चन्द्रकला खड्का, सुनिता मुखिया, दिलकुमारी राउत, सानुमाया लगुन, शर्मिला सुन्दास, मञ्जु भट्टराईं, जानुका नेपाली, धनकुमारी मुखिया, मिरा लिम्बू, इन्दिरा खतिवडा, रिना गिरी, मनकुमारी मगर, दिलिसा मगर, शान्ति लिम्बू, शर्मिला देवान, मेनुका खड्का, रनमाया कटुवाल, प्रविना कटुवाल, टीका कार्की, सरिता बस्नेत, प्रविना राईं, मनमाया सुन्दास, बसन्त पोर्तेल र लीला बुढाथोकी रहनुभएको छ ।

गठित कमिटीगत जिम्मेवार सबैलाई बधाई र कार्यकाल सफलताको शुभकामना सम्बोधनका क्रममा वक्ताहरूले जनजनमा एमालेको लोकप्रियता भावनाले मात्र होइन, व्यवहारले स्थापित भएकोले एमालेलाई सक्ने मनाशयका साथ लागेका व्यक्ति र शक्तिहरूलाई बिनाबित्थामा सिंग नफुकाल्न आग्रह गर्दै आउँदो चुनावबाट एमालेको विकल्प एमाले मात्र हुन सक्ने दावी पेश गर्नुभयो । जनताको बहुदलीय जनवाद केवल राजनीतिक शब्दावली र शासन प्रणाली मात्र नभएर एमालेसम्बद्ध नेता–कार्यकर्ताको जीवनशैली समेत भएकोले समाजमा एमालेजनले अरुभन्दा पृथक सामाजिक–राजनीतिक पहिचान सहितको बैचारिक व्यक्ति विशेष क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै सम्बोधनक्रममा स्थानीय नेतृत्व विकासका लागि शुभेच्छा प्रकट गर्नुभयो ।