सुनसरी ,२० असोज । नेकपा (एकीकृत समाजवादी) ले सुनसरी को साबिक साहेबगंजमा शाखा कमिटी गठन गरेको छ । हाल देवानगंज को वार्ड न ५ पर्ने उक्त वार्डमा आफ्नो सङ्गठन निर्माणलाई तीब्र गति दिएको छ । एकीकृत समाजवादी पार्टिले पंकज साह अध्यक्ष्य रहनु भएको ५१ सदस्यीय वार्ड कमिटी गठन भएको छ ।

पुराना नेता प्रकाश शाहको अध्यक्ष्यता भएको भेलामा वडाको अगुवा कार्यककर्ता भेलामा पार्टीका पोलिटब्युरो सदस्य महफुज आलमले एकताका सबै ढोका बन्द गर्दै नेपालको कम्युनिस्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने, बारम्बार प्रतिनिधि सभा बिघटन गर्ने जस्तो प्रतिगामी कदम चालेको तथा जनताले दिएको अभुतपुर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न बाध्य हुनुपरेको बताउनु भयो । नेता आलमले समाजवादको यात्रामा समावेश बन्न र बाम आन्दोलनलाई मजवुत बनाउन पार्टीमा सामेल हुन अनुरोध गर्नु भयो ।

.उक्त भेलालाई नेकपा (एकीकृत समाजवादी) मोरंग जिल्ला कमिटीका सदस्यद्वय भानुराज कोइराला तथा दान कुमार ढकाल , पुराना नेता प्रकाश शाह ले नवनियुक्त कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । त्यसैगरी युवा सङ्ग नेपालले सोही वार्डमा शाखा कमिटी बिस्तार गरेको छ । युवाको भेलाले गोबिन्द शाह अध्यक्ष रहनु भएको ५ १ सदस्यीय कमिटी समेत निर्माण गरेको छ ।