धरान,२३ असोज। नेकपा (एस) निकट अनेरास्ववियुद्वारा बाढी पीडित तथा बिपन्नलाई परिवारलाई राहत वितरण गरेको छ । अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले आज धरान २० बिष्णुपादुकाका बाढी पीडित तथा बिपन्नलाई खाद्यान्न तथा स्वास्थ सामाग्री बितरण गरेको हो ।

नेपालीहरुको महान पर्व दशैको मुखमा पनी खानलाई समस्या भएको कुरा जानकारी प्राप्त भएपछि खाधान्न सामाग्रीहरु लिएर धरान २० बिष्णुपादुकाका ७ परिवार पहिरो पीडित र अशक्त एक परिवारलाई उक्त सामाग्री प्रदान गरिएको अनेरास्ववियु सुनसरी सचिव आशिष प्रधानले जानकारी दिए । पछील्लो समय धरानमा नेकपा (एस) पार्टीमा खुल्ने संख्या कम भएपनी पार्टी निकट अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले भने धरानमा आएर राहत बितरण गरेको नेता प्रधानले बताए ।

करिब २५ हजार रुपैया बराबरको राहत सामाग्रीहरुमा खाधन्न चामल, नुन, तेल, न्युट्रेला, चाउचाउ चिउरा साथै स्वास्थ्य सेवा र आधारभूत औषधि समेत बितरण गरिएको अनेरास्ववियुसुनसरी जिल्ला कमिटी अध्यक्ष अतितकिरण नेपालले बताए ।

राहत बितरण कार्यक्रममा केन्द्रीय सदस्यहरु आशिष बोहरा,किसोर कटुवाल , नेता सुमन दाहाल, युवा नेता प्रकाश दाहाल लगायतको समेत उपस्थिति रहेको थियो। अनेरास्ववियू सुनसरीले जिल्ला कमिटी धरानमा पनि बिभिन्न गतिविधी गर्दै सकृयता देखाउन थालेकोछ ।



















