मोरङ,३१ असोज । लोकप्रिय नेता चन्द्रबहादुर गुरुङ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्यमा चयन भएका छन् ।

सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा गुरुङलाई केन्द्रीय सदस्य बनाउँदै मोरङ जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको छ ।

भूमिगत काल देखीनै कम्युनिष्ट पार्टीमा सक्रिय गुरुङ जनताहरुको लोकप्रिय नेताको रुपमा स्थापित छन् । भूमिगत कालमा लामो समय जेलजीवन बिताएका गुरुङ पंचायत कालमा तत्कालिन इन्द्रपुर गाउँ पञ्चायतको जनपक्षीय उम्मदेवार भई प्रधानपन्चमा निर्वाचित हुदै २ दुई कार्यकाल गाबिस अध्यक्ष हुदै मोरङ क्षेत्र न. ८ बाट संबिधान सभामा भारी मतका साथ निर्वाचित भएका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनको विरोधि आन्दोलनमासमेत क्रियाशिल रुपमा लागेका गुरुङले समाजवादी पार्टी निर्माण अभियानमा मुख्य खम्वाको रुपमा काम गर्दै आएका छन।