काठमाडौं,३१ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दामोदर अर्याललाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा अर्याललाई केन्द्रीय सदस्य बनाउँदै बर्दिया जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको छ ।

अर्याल यस अघि नेकपा एमालेको केन्द्रिय युवा तथा खेलकुद बिभागको सचीवको जिम्मेवारीमा थिए । पश्चिम नेपाल र खासगरी साबिक भेरी कर्णालीका युवाहरूका बिचमा अत्यन्त लोकप्रिय युवा नेता दामोदर अर्याल पार्टीको नवौ महाधिवेशन अगाडि साबिक भेरी अञ्चल कमिटी सदस्य र युवा बिधार्थी इन्चार्ज पनि भएर काम गरिसकेको अनुभव छ ।

कुनै बेला केपी वलिको अत्यन्त बिश्वास प्राप्त र नजिकको ठानिने अर्याल मदन भण्डारी फाउन्डेसनको केन्द्रिय सदस्य भाई केपि गुट निर्माणमा त्यस भेगमा क्रियाशिल थिए । उनको अचानक एमाले प्रती मोह भङ्ग भई (एकीकृत समाजवादी)मा लाग्दा एमालेलाई ठुलाे घाटा लागेकाे जानकारहरु बताउछ्न ।

२०४५ साालमा रत्नराज्य क्याम्पसको स्वबियु सभापति रहेका अर्याल स्व. पशुपति चौलागाईं युवा संघको अध्यक्ष हुँदा युवा संघको केन्द्रिय सदस्य भएका थिए । उनि नेकपा (एस)मा लागेको समाचार एमाले बृत्तमा आश्चर्यको रुपमा हेरिएको छ । एमालेमा रहदा घोर माओवादी बिरोधी इमेज बनाएका अर्यालको लेख रचनाहरु विभिन्न सञ्चार माध्यमहरुमा पढन पाइन्छ । बर्दिया जिल्लामा बामदेव गौतम बिरोधी क्याम्पका नेताका रूपमा दर्ज भएका अर्याल बामदेवले एकीकृत समाजबादीमा प्रवेश गरे भने चाहिँ उनले के गर्लान भनेर मानिसहरु हेर्दैछ्न । तथापि उनी भने कम्युनिस्ट पार्टीमा ब्यक्ति होइन बिचार र व्यबहार प्रमुख हुन्छ भन्छ्न ।

जता लाग्यो त्यतै नाफा घाटा नहेरी आँखा चिम्लेर लाग्ने उनको स्वभावका कारण बेला मौकामा उनलाई ठुलाे राजनैतिक घाटा लाग्ने गरेकाे कुरा उनी निकटका मान्छेहरु बताउछन् । तथापि उनकाे समाजवादी यात्राले उनी सम्बद्ध पार्टीलाई कति फाईदा पुग्ने हो त्यो त भबिष्यबले नै बताउने छ ।