पाँचथर,१ कातिक । पाँचथरका गणेशकुमार काम्बाङ्ग नेकपा (एस)काे पोलिटब्यूरो सदस्यमा चयन भएका छन । सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा काम्बाङ्गलाई पोलिटब्यूरो सदस्यमा जिम्मेवारी तोकेको हो ।

तत्कालिन नेकपा एमालेमा हुदा काम्बाङ्गले करिव १९ बर्ष सम्म पाँचथरको जिल्ला कमिटीमा नेतृत्व गरेका थिए । काम्बाङ्ग नेकपा (एस)मा लागे संगै पाँचथरमा एमाले शुन्य हुदै गएको विश्लेषक हरुको अनुमान छ । भूमिगत काल देखीनै कम्युनिष्ट पार्टीमा सक्रिय काम्बाङ्ग जनताहरुको लोकप्रिय नेताको रुपमा स्थापित छन् ।

पाँचथरका एमाले संस्थापक सदस्य तथा २०३८ सालदेखि एमालेका सक्रिय नेता काम्बाङ विगत्‌मा एमालेको केन्द्रीय सदस्य, दोस्रो संविधान सभा सदस्य, तथा पार्टीको मेची सह ईन्चार्ज र जिल्ला अध्यक्षसमेत साथै देशकै उत्कृष्ट जिल्ला अध्यक्ष भएर पुरस्कृत भएका नेता हुन् । नेता काम्बाङ्ग हाल प्रदेश नम्बर १को प्रदेश सभाका सांसद पनि हुन् ।