भाण्टावारी,६ कात्तिक । सुनसरीको कोशी गाँउपालिकामा नेकपा एकिकृत समाजवादीले गाउपालिका स्तरीय कमिटी गठन गरेको छ । शनिवार हरिपुरमा आयोजित गाँउ भेलाले शत्रुधनकुमार चौधरीको अध्यक्षतामा ५१ सदस्य गाँउ कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा वासिक अली र कैहकशा अन्जुम सचिवमा उमानन्द शर्मा उपचिवमा रमेश मेहता चयन भएका छन । नेकपा एकिकृत समाजवादी सुनसरीको आयोजनामा भएको कार्यक्रममा विगतमा नेकपा एमालेका प्रदेश, जिल्ला, क्षेत्र र गाउ कमिटी रहेर काम गरेका कोशी गाउपालिकाका स्थायीवासी रहेका एमालेका नेता कार्यकर्ताहरुले सो पार्टीबाट विद्रोह गरि नेकपा एसमा समायोजन भएको घोषणा गरेका थिए ।
उक्त कार्यककर्ता भेलामा पार्टीका पोलिटब्युरो सदस्य महफुज आलमले एकताका सबै ढोका बन्द गर्दै नेपालको कम्युनिस्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने, बारम्बार प्रतिनिधि सभा बिघटन गर्ने जस्तो प्रतिगामी कदम चालेको तथा जनताले दिएको अभुतपुर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न बाध्य हुनुपरेको बताउनु भयो । नेता आलमले समाजवादको यात्रामा समावेश बन्न र बाम आन्दोलनलाई मजवुत बनाउन पार्टीमा सामेल हुन अनुरोध गर्नु भयो ।
नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार पार्टीको विधान अनुसार पार्टीको गाउ कमिटी सवै जातजाती समुदाय, महिला, दलित, युवा, मुस्लिम, मजदुर, किसान र विद्यार्थीहरुको प्रतिनिधित्व रहने गरि गठन गरिएको बताए । सो पार्टीका नेता केशव तिम्सीनाले सुनसरी जिल्लामा विगतका वर्षहरुमा कम्युनिष्ट आन्दोलनमा लागेका इमान्दार र प्रतिवद्ध रहेका योद्धाहरु पुनः कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरि गाउ गाउमा जनताका वस्तीमा पार्टीको संगठन विस्तार गर्न परिचालित भएकाले ६ महिना भित्र सुनसरीमा नेकपा एस पहिलो राजनितिक शत्तीका रुपमा स्थापित हुने बताए ।
भेलालाई नेकपा एसका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज महफुज आलम अन्सारी, केशव तिम्सीना, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, सिएन पाठक, रामचन्द्र मेहता, दुर्गा कन्दङवा, ब्रह्मदेव यादव, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, परमानन्द पौडेल, कमल तिम्सीना, गणेश बुढाथोकी, राजन ढकाल, आत्माराम धमला, चन्द्र मगर, विनोद कटुवाल, सोम राई, पर्शुराम आचार्य लगायतको सहभागीता रहेको थियो ।



















