उर्लाबारी,६ कात्तिक । मोरङको उर्लाबारीमा नेकपा (एस) को नगर कमिटी गठन भएको छ । शनिबार उर्लाबारीमा भएको नगर स्तरीय अगुवा कार्यकर्ताहरुको भेलाले डि. बि. थापाको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो।

नवगठित कमिटीको उपाध्यक्षहरुमा चन्द्रबहादुर राई र लालबहादुर भट्टराई रहेका छन । त्यसैगरी सचिवमा गोपाल भट्टराई उप सचिवमा चन्द्रप्रसाद भट्टराई ,साबित्रा धिमाल देवकुमार पाण्डे लगायत सदस्यहरु चयन भएका छन भने प्रचार बिभाग प्रमुखमा कमल गौतमलाई जिम्मेवारी दिइएको छ ।

244401048_1816459041871053_9078793291171199110_n (3)

आजकै भेलाले अखिल नेपाल महिला संघमा दिलकुमारी शाक्यको नेतृत्वमा ३५ सदस्यीय र दिपेन्द्र खड्काको सम्योजकत्वमा ४५ सदस्यीय युवा संघ नगर कमिटी गठन गरिएको युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य.भाइ टीका भट्टराईले जानकारी दिए ।

सो भेलामा नेकपा (एस)केन्द्रिय उपाध्यक्ष घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने नवगठित कमिटीलाई नेकपा (एस)केन्द्रियसदस्यहरु मनप्रसाद लिम्बु,बिधा चाम्लिङ राई,केशव बिष्ट तथा नेकपा (एस) मोरङ जिल्ला कमिटी अध्यक्ष चंद्रबिर राइ,पथरी नगर कमिटी अध्यक्ष तुलसी ढकाल लगायतले बधाई तथा सुभकामना मन्तब्य ब्याक्त गरेका थिए । अमृत बहादुर बस्नेतको अध्यक्षतामा भएको नगर कमिटी घोषणा कार्यक्रमलाई मनोरथ भण्डारीले सन्चालन गरेका थिए ।