काठमाडौं,७ कातिक । नेकपा (एकीकृत समाजवादी) का नेता रामप्रसाद रिजालले एमाले उपाध्यक्ष भीम रावल र घनश्याम भुषाललाई ओलीले रस चुसेको उखुको खोष्टा बनाईसकेको कुरा बताएका छन। नेता रिजालले अनलाइन सगरमाथा संगको कुराकानीमा रावल र भुसालहरू लाई नेकपा एकीकृत समाजवादीमा आउन सुझाव पनी दिएका छन् ।

नेता रिजालले ओलीले १० वुंदे सहमति कार्यान्वयन गर्ने आधार नभएको भन्दै उनले यस्तो अनुरोध गरेका हुन् । उनले भने, ‘एमालेका अध्यक्ष केपी ओलीले १० बुंदे स्वीकार गर्दैनन् ओलीले सहमति पालना गर्ने भए नेकपा विघटन हुदैन्थयो एमाले पनि विभाजन हुने थिएन ।’

भीम रावल घनश्याम भुसालहरू लगायतका नेताहरु प्रतिगमनको मतियार भएका ओलीको शरणमा जानु दुर्भाग्य भएको बताउदै नेता रिजालले भने, ‘नेताहरुले अब चर्को कुरा गर्दा लोक हास्ने भएकोले रावल र भुषालले लोक नहसाई ओलीले भनेका सवै कुरा अनुशरण गर्दा रावल भुषालहरूलाई हित हुन्छ ।’

नेता रिजालले ओलीले आफु कमजोर भए पछि माधव पक्षका कार्यदललाई बिरालोले मुसोलाई खेलाए जस्तो खेलाएको र अब उनीहरूलाई ओलीले रस बिनाको उखुको खोस्टा जस्तो बनाईसकेको टिप्पणी गरे । उनले भने, ‘ओली पक्षमा गएका माधव पक्षका कार्यदलका सदस्य हरुलाई ओलीले घिसारेर पछार्नु भन्दा पहिले नै माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकिकृत समाजवादीमा आए केही राहत हुन सक्छ कि ?’