बिराटचोक,९ कात्तीक । मोरङको सुन्दरहरैँचा नगरपालिकाको २ नम्वर वडामा नेकपा (एकीकृत समाजवादी) को कमिटी गठन भएको छ । मंगलबार एक कार्यक्रमका बीच राजन खतिवडाको अध्यक्षमा ३५ सदस्यीय कमिटी गठन भएको हो ।

नव गठित कमिटीको सचिवमा सुर्य खवास लगायत सदस्यहरु चयन भएका छन भने वडा इन्चार्जमा खगेन्द्र धिमाललाई जिम्मेवारी दिईएको नेकपा (एस) सुन्दरहरैचा नगर कमिटीका अध्यक्ष महेश आचार्यले जानकारी दिए ।

नव गठित कमिटी घोषणा कार्यक्रममा नेकपा (एस) सुन्दरहरैचा नगर कमिटीका अध्यक्ष महेश आचार्य युवा नेता प्रेमराज भारती, सुकुना क्याम्पस स्ववियु सभापती सन्तोष लिम्बु,नेकपा (एस) सुन्दरहरैचा नगर कमिटीका उपाध्यक्षहरु इ. सुरेश श्रेष्ठ,चन्द्र ढकाल (झापाली) सहसचिव कमल खनाल, बिधार्थी नेता कमल कार्की, महिला नेत्री भगवती बस्नेत लगायतको उपस्थिती रहेको थियो ।



















