बेलबारी,१२ कात्तिक । मोरङको बेलबारीमा नेकपा (एस) निकट अनेरास्ववियुको नगर कमिटी गठन भएको छ । बिहिबार बेलबारीको गुम्वामा भएको बिधार्थीहरुको भेलाले निरज राईको अध्यक्षमा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
नव गठित कमिटीको उपाध्यक्ष अनुसा बस्नेत, सचिवमा अजयराज भण्डारी सहसचिवमा बिनोद थापा कोषाध्यक्षमा सुबिना चौधरी लगायत रहेका छन । त्यसैगरी सदस्यहरुमा पारस तामाङ,प्रसान्त कुमार धिमाल,संजिला कार्की,राजु खड्का,दिपक गुरुङ,शेखर कार्की,सुशन श्रेष्ठ,बिक्रम गिरी,अमन कटुवाल,रमेश पुरी,आयुष निरौला,बिशाल लिम्बु लगायत रहेका छन ।
नव गठित कमिटीलाई नेकपा (एस ) बेलबारी नगर कमिटी संयोजक भुपाल बस्नेत,सचिव अर्जुन गिरी, नेता फणिन्द्र थापा, अनेरास्ववियुको केन्द्रीय सचिव मिलन बस्नेत,अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटी अध्यक्ष कमल कार्की लगायतले बधाई तथा सुभकामना ब्याक्त गरेका थिए ।



















