काठमाडौँ,१७ कात्तिक । सिन्धुपाल्चोकका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बलेफी गाउँपालिका इन्चार्ज डिबि थापा सहित पुराना नेताहरु नेकपा (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बधाई तथा शुभकामना कार्यक्रमको अवस्वर पारेर पुराना नेताहरु राजेन्द्र श्रेष्ठ, लिला श्रेष्ठ लगाएत अन्य नेता तथा कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
नेकपा एकिकृत समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटीले आज काठमाडौँको बानेश्वर स्थित होटल अर्यालमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना दिएको हो ।



















