बिराटचोक,२६ कातीक । मोरङको सुन्दरहरैँचाको १२ नम्बर वडामा नेकपा (एस)को कमिटी गठन भएको छ । विहिबार त्रिबेणी चोकमा भएको वडास्तरीय भेलाले इन्द्र तामाङको अध्यक्षमा ४१ सदस्यीय कमिटी गठन गरेको हो ।
नेकपा (एस) सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष महेस आचार्यको अध्यक्षतामा भएको भेलाबाट उपाध्यक्षहरुमा कर्ण आचार्य,जंगबहादुर अधिकारी,बिष्णु मास्के,पुर्ण बहादुर.गिरि,सचिवमा इश्वर ओझा,सह सचिवहरुमा श्याम दाहाल,विदुर घिमिरे,हिरादेवि लुइँटेल,सुरेश प्रधान लगायत सदस्यहरु चयन भएका छन। त्यसैगरी वडाको इन्चार्जमा कैलास निरौलालाइ जिम्मेवारी दिएको छ ।

सोही कार्यक्रम मार्फत राप्रापा धनकुटाको पुर्व जिल्ला कमिटी सदस्य राजन खडका प्रवेश गरेका थिए । नव प्रवेशी खड्कालाई कार्यक्रमको प्रमुख अतिथी नेकपा (एस)का केन्द्रिय सदस्य चन्द्र बहादुर गुरुङले स्वागत गरेका थिए ।
यसैक्रममा नवगठित कमिटीलाई नेकपा (एस) १ नम्बर प्रदेश कमिटी सदस्य लक्ष्मीकुमार श्रेष्ठ, मोरङ जिल्ला कमिटी सदस्य तिलक ढकाल,सुन्दरहरैँचा नगर कमिटी उपाध्यक्ष चन्द्र ढकाल (झापाली) लगायतले बधाई सुभकामना मन्तब्य ब्याक्त गरेका थिए । कार्यक्रममा नेकपा (एस) मोरङका नेताहरु तुलसी जंग कार्की,बासुदेव बराल चरण गुरुङ , साइमन रेग्मी, तिलक परियार, कमल दाहाल,राम ढकाल,नेताहरु सिपि नेपाल इ.सुरेशकुमार श्रेष्ठ,महेन्द्र लिम्बु ,इन्दिरा तिम्सिना पन्तयुवा नेता अरुण गुरुङ,आरके प्रधान लगायतको आतिथ्य रहेको थियो ।

नेकपा (एस)का केन्द्रिय सदस्य चन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएपछी स्थानीय वडा बासीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेकपा (एस)मा जनताको लोकप्रिय नेता गुरुङको सक्रियता संगै सुन्दरहरैँचामा नेकपा (एस)पार्टी प्रती जनताको लहर बढेको छ । कार्यक्रमलाई नगर कमिटीका सह सचिव कमल खनालले सन्चालन गरेका थिए ।




















