चितवन,१३ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ । ओली स्वयम भने सर्वसम्मत अध्यक्ष बन्न असफल भएका छन्।

मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ । अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई कमिटी घोषणा गर्ने सार्वधिकार दिएको भनिए पनि असन्तुष्टहरु बढेकाले चुनाव हुने सम्भावना धेरै छ ।

पदाधिकारीको सूचीमा नपरेका भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।