इलाम,१३ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहले खड्गप्रसाद ओली बालुवाटारबाट बालकोट, बालकोटबाट बार्दली हुँदै बगरसम्म पुगेको बताएकी छन् । महेन्द्र बहुमुखी क्याम्पस ईलामकाे आयाेजनामा आयाेजित नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष सिंह प्रदेश नं १ पुगेकी हुन् । कार्यक्रममा बोल्दै उनले भनिन, ‘ संबिधान मास्ने प्रतिगामीहरुलाई संघिय सरकारबाट बाल्काेट, प्रदेश सरकारबाट घरघरमा पुर्याउन अखिल (क्रान्तिकारी) ले सडकको नेतृत्व गरेको बताईन ।’

माओवादीको एजेन्डामा देश हिडेको बताउदै अध्यक्ष सिंहले भनिन, ‘संविधान प्रदत्त मौलिक हक अधिकार कार्यन्वयनकाे लागि अखिल (क्रान्तिकारी ) ले संघर्ष गर्ने छ ।’ बैज्ञानिक र व्यवहारिक शिक्षा अखिल (क्रान्तिकारी) को मूल मन्त्र भएको बताउदै अध्यक्ष सिंहले यो एजेन्डाबाट आफुहरु टसमस नहुने बताईन ।
संबिधान मास्ने पार्टी चितवनबाट विघटन हुने भन्दै अध्यक्ष सिंहले विघटन पुर्व माओवादीको नेतृत्वमा भएको भरतपुरको विकास हेर्न सुझाईन । स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।