काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । काठमाडौंमा आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार लिङ्देन विजयी भएका हुन् । कुल खसेको ३ हजार ८ सय ६५ मतमध्ये लिङ्देनले १ हजार ८ सय १७ मत पाएका छन् ।

लिङ्देनले कमल थापालाई २ सय मतअन्तरले हराएका छन् । अध्यक्षमा पराजित थापाले १ हजार ६ सय १७ मत पाएका छन् । राप्रपामा ४ सय ३१ मत बदर भएको छ ।अध्यक्षमा पराजित थापा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका भक्त हुन् ।

मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेको राष्ट्रिय महाधिवेशनमा एमाले र ओलीको प्रशंसा गरेका थिए । थापा अध्यक्ष ओलीको निकै प्रशंसक हुन् । राप्रपाका कार्यकर्ताले थापालाई ओली र एमालेको प्रशंसा र पुच्छर बनेको मन पराएका थिएनन् । महाधिवेशनमा थापालाई अध्यक्षमा हराएर सबक सिकाएका छन् ।

अध्यक्षमा हारेपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रिस पोखेका छन् । आफ्नै हर्कतले पराजित भएका थापाले पूर्वराजाले हराएको भनेर आगो बनेका हुन् ।

हुन त अध्यक्षमा निर्वाचित लिङ्देनलाई एमालेकै अध्यक्ष ओलीले झापाबाट प्रतिनिधि सभा निर्वाचनमा जिताएका थिए । लिङ्देन र थापा कांग्रेसभन्दा पनि ओली र एमालेप्रति नरम छन् । अध्यक्षमा थापाको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।रीलमांडूबाट 

https://www.reelmandu.com/archives/6838