इटहरी,२१ मंसिर । सुनसरीमा विभिन्न राजनीतिक दल परिवर्तन गरि २ सय भन्दा बढी नेता कार्यकर्ताहरू नेकपा एसमा प्रवेश गरेका छन।
मंगलबार नेकपा एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटीको आयोजनामा सुनसरीको इटहरीमा आयाेजित कार्यक्रममा विभिन्न राजनीतिक दल परिवर्तन गरि नेकपा एसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए । कार्यक्रम मंसिर २१ देखी २२ गते सम्म संचालन भईरहेको छ ।


