इटहरी,मंसिर २८ । नेकपा एकीकृत समाजवादी सुनसरीले संगठन गठन पुर्नगठन र परिचालन अभियानलाई तिव्रता दिने क्रममा जिल्ला आर्थिक विभागलाई पुर्णता दिएकाे छ ।

नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह-इन्चार्ज केशवकुमार विष्टको प्रमुख आतिथ्यमा जिल्ला अध्यक्ष गाेविन्द निराैलाकाे विशेष आतिथ्यमा मंगलबार बसेकाे बैठकले जिल्ला उप-सचिव राजेश भण्डारी प्रमुख रहेकाे आर्थिक विभागलाई पुर्णता दिएकाे हाे ।
विभागकाे सदस्यहरूमा शैलेश विष्ट, गाेविन्द खतिवडा, तारा लामगादे, राजेश दाहाल, इन्दु तुम्वाहाम्पे, चन्द मगर, दिपक अधिकारी, सुमन भट्टराई, कैलाश अग्रवाल र सरस्वती केसी चयन भएका छन् ।

बैठकले नेकपा एस सुनसरीको काेष स्थापना गरि काेषमा पार्टी सदस्यबाट आर्थिक याेगदान हुने विभिन्न याेजनाहरू तयार गरि कार्याव्यनमा लैजाने निर्णय गरेकाे आर्थिक विभाग प्रमुख राजेश भण्डारीले बताए ।

यसैगरी विभागले प्रत्येक पार्टी सदस्यले आम्दानीको केही प्रतिशत स्वच्छिक रूपमा रकम पार्टी काेषमा जम्मा गर्न अनुराेध गर्ने याेजना अगाडि ल्याउदै प्रत्येक सदस्यलाई श्रम र उत्पादनसग जाेडिएर आयआर्जन तथा स्वराेजगार बन्न अभिप्रेरित गरि सिपमुलक, आयमुलक कामहरूमा संलग्न गराउने याेजना संचालनमा ल्याउने निर्णय गरेकाे भण्डारीले बताए । नियमितरूपमा लेवि सदस्यता शुल्क बुझाउन जिल्लामा लेखाप्रणाली व्यवश्थित बनाउनेसमेत निर्णय गरेकाे छ ।