सुनसरी,मंसिर २८ । एमाले सुनसरीको जिल्ला ईन्चार्ज भईसकेकी केन्द्रीय सदश्य तथा प्रभावशाली महिला नेतृ भगवती चौधरीलाई एमाले पार्टी नेतृत्वले घटुवा गरेको छ । नेतृ चौधरीलाई ईन्चार्जबाट घटाएर सह–ईन्चार्ज बनाइएको हो ।
नेकपा एमालेको ९औं राट्रिय महाधिवेशनमा शानदार मत ल्याएर केन्द्रिय सदश्यमा निर्वाचित नेतृ भगवती चौधरीमाथि अन्याय परेको बताइएको छ । नेतृ चौधरीलाई एमालेले केन्द्रीय सदस्यमै सिमित राखेपछी ठुलो अन्याय भएको एमाले सुनसरीका एक नेताले बताए । नेतृ चौधरी भन्दा जुनियर नेताहरुलाई पदाधिकारी, स्थाई कमिटी र पोलिटब्यूरोमा ठाँउ भएपनि नेतृ चौधरी भने अटाइनन् ।
नाम नखोल्ने सर्तमा एक नेताले भने, ‘पार्टी नेतृत्वले नेतृ चौधरीलाई स्थाई कमिटीमा लैजानु पर्नेमा पोलीटव्यूरोमा पनि नसमेटेर ठूलो अन्याय भएको छर्लग हुन्छ ।’ एमाले सुनसरीकै हस्ती महिला नेतृ चौधरीले पार्टीले आफूलाई ठूलो अन्याय गरेको बताइन् । उनले भनिन, ‘मलाई पेलेर पार्टी नेतृत्व अघि बढ्यो, पार्टीको केन्द्रीय सदस्यमै खुम्चिनु परेको छ । मलाई पार्टी तथा अध्यक्ष ज्यूबाट न्याय हुन्छ, भन्ने आशा छ ।’ यस्तै हो भने अरु विकल्प सोच्न सकिने नेतृ चौधरीले बताइन । उनले भनिन, ‘म माथि यसरि अन्याय गर्नु मलाई एमालेमा नबस्नु भनेको हो नै ।’
चौधरी राजनीतिमा मात्र होईन सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनले सुनसरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ यसअघि पटक पटक कांग्रेस नेता विजय कुमार गच्छदारलाई टक्कर दिंदै आएकी छिन् । सुनसरी क्षेत्र नम्बर ३ मा सेटिंगबाट भगवतीलाई हराईएको गुनासो समेत आउने गरेको छ । महिला भएर पनि उनको क्रेज पुरुष नेताको भन्दा बढी भएको एक नेताले बताए । नेतृ चौधरीको सुनसरीका कार्यकता र जनतासंग राम्रो सम्बन्ध रहकेको बताइन्छ । दर्पण दैनिक बाट



















