काठमाडौं,२ पुस । जनता समाजवादी पार्टीका ९ जना केन्द्रीय परिषद सदस्य सहित सयौको संख्यामा नेकपा (एस)मा प्रवेश गरेका छन ।

बिहिबार काठमाडौंको तीनकुने सिद्धार्थ कटेजको हलमा आयोजित युवा किसान संघको राष्ट्रिय भेलाको अवस्वरमा केन्द्रीय परिषद सदस्यहरु सुर्य प्रसाद सम्बाहाङ्फे, देउप्रसाद सम्बाहाङ्फे,आइतमान सम्बाहाङ्फे,प्रेमराज सम्बाहाङ्फे,हाङ्गसा सम्बाहाङ्फे,श्यामसर सम्बाहाङ्फे, इन्द्र प्रसाद सम्बाहाङ्फे, इन्द्र प्रसाद सम्बाहाङ्फे,ईश्वर सम्बाहाङ्फे तुम्बेवा ,सिद्धान्त सम्बाहाङ्फे प्रवेश गरेका छन् ।

267627702_2460874444042944_5381715039789585880_n (2)

त्यसैगरी जसपा नेताहरु नगेन्द्र प्रसाद नेम्बाङ्ग,खगेन्द्र प्रसाद नोवा, खासमान थेगिम,मदन कुमार चोङ्गवाङ्ग,खेसु थेगिम,जस बहादुर लिम्बु,शर्मिला खड्का लगायत रहेका छन् ।नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस)का पोलिटव्युरो सदस्य क. गणेश कुमार काम्बाङ्‌ले पार्टी प्रवेशको घोषणा गरेका थिए भने पोलिटब्यूरो सदस्य देवमान सम्बाहाङ्फे,जिल्ला कमिटी पाँचथर उपाध्यक्ष प्रेम रिजाल,सम्पर्क समन्वय केन्द्रीय सदस्य केसर अधिकारी,सम्पर्क मञ्चका अध्यक्ष गंगा रिजाल र युवा किसान संघका केन्द्रिय सदस्य मणि राज चापागाईको आतिथ्यता रहेको थियो ।