काठमाडौं,४ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’माथि केपी शर्मा ओलीले लगाएको आरोप झुटो भएको प्रमाणित भएको छ । नेपालि राजनितिलाई विगत लामो समय देखि बुझेका राजनितिक विश्लेसक डा. सुन्दरमणि दिक्षितका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको पुष्टी गरेको छन् ।

ओलीले एक सार्वजिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहासंग २०६० सालमा ५ बुदे सहमति गरेको भनि गम्भिर आरोप लगाएका थिए। माओवादी केन्द्रका अध्यक्षले पनि उत्त आरोप झुट भएको र यदी आफुले राजा ज्ञानेन्द्र संग गरेको सम्झौता पुष्टी गर्न एक विज्ञप्ति जारी गर्दै चेतावनि समेत दिएका थिए । प्रचण्डको विज्ञप्ति पछि भने आलीले कुनै प्रतिकृया जनाएका छैनन् ।

सोही प्रसंगलाई जोड्दै डा। दिक्षितले भनेका छन् “ ओली सरासर झुट वोल्ने र आफु लोकपृय हुन आफ्ना प्रतिस्प्रधिलाई झुटो आरोप लगाउनमा माहीर छन्। यदी प्रचण्डले पुर्वराजा संग त्यस्तो सम्झौता गरेको भए त्यति बेला नै ओली लगायतका नेता तथा राजनितीक दलहरु तितरविर हुन्थे, त्यति बेला नै ओलीहरुको अस्तित्व समाप्त भैइ सकेको हुने थियो”। उनले अगाडी भनेका छन् “ पुर्वराजाले कु गर्नुभन्दा पहिले माओवादी संग सम्झौता गर्न खोजेको हो तर त्यो त्यतिबेला सम्भव पनि त थिएन, त्यति वेला कुनै सम्झौता भएको भए कु गर्दैन थिए”।

ओलीले आफुलाई कमजोर र अब प्रचण्ड संग राजनतिक प्रतस्प्रधा गर्न नसकिने देखेपछी झुट आरोप लगाएर कमजोर पार्न खोजेको कतिपयले टिप्पणि गर्न थालेका छन् । भने कतिपयले मदन भण्डारी हत्याका मुख्य योजनाकार ओलीभएको र प्रचण्ड राजनितीक हिसाबले बलिया भएपछि उत्त फाइल खोलिदिने डरले विभिन्न झुटा आरोप लगाउदै प्रचण्डलाई कमजोर बनाउन खोजेको भनि टिप्पणि गर्दै छन् । एमाले अध्यक्ष ओली बेलाबेलामा यस्तै झुटा मित्थ्या आरोपहरु आफ्ना प्रतिस्प्रधिहरुलाई लगाउँदै आएका छन्।