इटहरी,१४ पुस । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघको अध्यक्षमा नयन तारा सिटौला चयन भएकी छिन।

बुधवार इटहरीमा आयोजित महिला भेलाले नयन तारा सिटौलाको अध्यक्षतामा १ सय १ सदस्य उपमहानगर कमिटी गठन गरेको हो । उपमहानगर कमिटी उपाध्यक्षमा सुनु आचार्य, सचिवमा शशिकला आचार्य, सहसचिव रंगित गजमेर र जिवनदेवी गौतम कोषाध्यक्षमा सञ्जु फुयाल चयन भएका छन ।

270182896_433724231545676_6881374101867719078_n

नवगठित कमिटी अध्यक्ष नयनतारा सिटौलाले इटहरी क्षेत्रमा रहेका महिलाहरुलाई अनेमसंघमा आवद्ध गराउदै महिला विरुद्ध हुने विभेद र हिसाँका घटनाबाट पिडितहरुको पक्षमा आवाज उठाउने बताइन । सचिव शशिकला आचार्यले राजनितिक दलको निर्णायक र नेतृत्वदायी भुमिकामा महिलाको सहभागीता सुनिश्चीत गर्न महिला नेतृहरुको नेतृत्व र क्षमता विकासका लागि आवश्यक ज्ञान सिपसहित राजनितिक विचार सिद्धान्तमा महिलालाई प्रशिक्षीत गरिने बताइन ।

270231048_433724248212341_1574496445387084460_n (2)

नेकपा एसका इटहरी इन्चार्ज केवल फुयालका अनुसार संगठन निमार्ण अभियान अन्र्तगत महिलाहरुको बृहत भेलाले वडा वडामा जुझारु र सशक्त महिला संगठन निमार्ण गर्ने प्रस्ताव पारित गर्दै उपमहानगर कमिटी गठन गरेको हो । भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केशव विष्ट, जिल्ला सदस्य कमला दुलाल, नगर अध्यक्ष गणेश बुढाथोकीलगायतले बोलेका थिए ।

270119378_433724251545674_639871844415640817_n 270182896_433724231545676_6881374101867719078_n