इनरुवा,१५ पुस । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन ।

इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव पार्वता निरौला र शान्तिदेवी मण्डल कोषाध्यक्षमा सावित्रा गहतराज चयन भएकी छन ।

270044283_434273368157429_8866960539812272023_n

नवगठित समितीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एसकी केन्द्रिय तथा प्रदेश सासंद सरिता थापा खडकाले पद तथा गोपनियताको सपथग्रहण गराएकी थिइन । भेलामा नेकपा एसकी केन्द्रिय तथा प्रदेश सासंद सरिता थापा खडका, नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीना, जिल्ला अध्यक्ष गोविन्द निरौला, उपाध्यक्ष सिताराम पराजुली, रामचन्द्र मटियैत, प्रदेश एककी महिला नेतृ रेखा खतिवडा, माया रेग्मी र प्रगती शर्मा लगायतले मन्तव्य राखेका थिए ।

270076546_434273284824104_3036224981020231257_n