इटहरी,२० पुस । सुनसरीका दलित अगुवाहरु समानता र न्यायका लागि नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठनमा संगठित भएर अधिकार प्राप्तीका लागि अगाडी बढने भएका छन ।

नेकपा एस सुनसरीले जनसंगठन सुद्धिढीकरण गर्दै दलित समुदायको सवै प्रकारका समस्या सामाधानका लागि सशक्त संगठन निमार्ण अभियान अगाडी बढाएपछि दलित अगुवाहरु नेकपा दलित मुक्ति संगठनमा संगठित भएका हुन। दलित अगुवाहरुले हालसम्म विभिन्न राजनितिक दलले दलित समुदायलाई भोट बैकका रुपमा मात्र प्रयोगगरि नेतृत्व र निर्णायक तहमा सहभागीता नगराउनुका साथै न्याय समानता र अधिकार प्रदान गर्न नसकेको भन्दै नेकपा एसमा संगठित हुन थालेका हुन ।

प्रदेश एकको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने दलित अगुवाहरुको भेलाले इटहरी उपमहानगर कमिटीको अध्यक्षमा बेचन परियारलाई चयन गरेका छन । सोमबार इटहरीमा नेपाल दलित मुक्ति संगठन सुनसरीको आयोजनामा भएको उपमहानगरस्तरिय भेलाले समाजसेवी तथा दलित अगुवा बेचन परियारको अध्यक्षतामा ७१ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रामप्रसाद राम मोची, देउमान दास र हरिप्रसाद बिक सचिवमा कमला सेन्चुरी र शिबराज परियार, उपसचिवमा सरिता बराइली, इन्दिरा रणपाल, राधा बिश्वकर्मा, निर्मला दर्नाल र चन्द्र सुनार कोषाध्यक्षमा रंगिता बिक गजमेर चयन भएका छन ।