विराटनगर ,२४ पुस । नेकपा (एस) विराटनगर महानगर कमिटीले बिभिन्न बिभागीय जिम्मेवारी तोकेको छ । महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीको शनिबार बिराटनगरमा भएको पूर्ण बैठकले जिम्मेवारी तोकेको हो । नेकपा (एस) का पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश कमिटी सचिव एवं महानगर कमिटी इन्चार्ज महेश रेग्मी को प्रमुख अतिथित्य तथा केन्द्रीय सल्लाहकार सदस्य शम्भु शाह को बिशेष आथित्यमा बसेको बैठकले निम्न सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।

पदाधिकारी तर्फ अध्यक्ष्य पारुल क्षेत्री ,उपाध्यक्षहरु खेमराज तिमिल्सिना रमेश न्योपाने सचिव मिरा दाहाल उपसचिवहरु योगेश राजभण्डारी, नेत्रप्रसाद निरौला,नौसाद परवेज रहेका छन । त्यसैगरी विभागीय जिम्मेवारीहरुमा स्थानीय निकाय : खेम राज तिम्सिना ,स्कुल बिभाग : रमेश न्योपाने,संगठन बिभाग : मिरा दाहाल,बिद्यार्थी बिभाग : योगेश राजभण्डारी,कृषि तथा भूमिसुधार : नेत्र प्रसाद निरौला ,श्रम बिभाग : नौसाद परवेज ,आर्थिक बिभाग : विश्वकान्त दाहाल ,कानुन बिभाग :अनिल खड्का ,खेलकुद बिभाग : चिनाकाजी थापा मगर ,प्रचार बिभाग : ध्रुब भट्टराई ,स्वास्थ्य बिभाग : देशबन्धु ढकाल ,युवा बिभाग : सुबाश घिमिरे ,बिपत व्यवस्थापन बिभाग : सुरेश तामांग ,महिला बिभाग : जानुका कोइराला ,साहित्य तथा सस्कृति बिभाग : अम्बिका पराजुली ,बन तथा वातावरण : रमण गौतम समाज कल्याण : रमेश प्याकुरेल रहेका छन् ।
आजकै सो बैठकले वार्ड इन्चार्जहरु तोकेको छ जसमा १) देवराज ढकाल २) कौसर खान ३) उमेश श्रेस्ठ ४) जित नारायण चौधरी ५) जावेद हैदर ६) आमोद कुइकेल ७) प्रेम गुरुङ ८) मनोज कर्ण ९) मन्जीत शाह १०) राजेन्द्र मण्डल ११) रोशन बन्जरा रहेका छन । .बाकी वार्ड इन्चार्जहरु सचिवालयको बैठकले जिम्मेवारी तोक्ने नगर कमिटीका उपसचिव योगेश राजभण्डारी जानकारी दिए ।



















