बिराटचोक,२५ पुस । मोरङको बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य खिनामाया थापा (बस्नेत) एकिकृत समाजवादीमा प्रवेश गरेकी छिन । आइतबार भएको नेकपा (एस)को बेलबारी २ नम्बर वडा कमिटीद्वारा आयोजित भेलाको अवस्वर पारेर थापा प्रवेश गरेकी हुन ।
स्थानीय निर्बाचनमा थापा पपुलर मतका साथ वडा नम्बर २ को सदस्यमा एमालेबाट निर्बाचित बनेकी थिईन । नव प्रवेशी थापालाई नेकपा (एस) का नेता तथा पुर्व सांसद हर्कमान तामाङले स्वागत गरेका छ्न । कार्यपालिका सदस्य थापा नेकपा (एस)मा प्रवेश गरेपछि एमाले बेलबारीमा भुँईचालो गएको छ ।
थापा बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी निकट मानिन्छिन । माधव समुहमा रहेका सुवेदी नेकपा एमालेमै रहेपनि थापाले भने माधव नेतृत्वको समाजवादी रोजेकी छिन । मेयर सुवेदी निकट मानिएका हालका बेलबारीका अध्यक्ष भुपाल बस्नेत लगायत थुप्रैले सुवेदीको साथ छोडिसकेका छन ।
नेकपा (एस)मा सनाखत गर्न छुटेका बेलबारीका धेरै जनप्रतिनिधिहरु कार्यकाल सकिने बित्तिकै एमाले परित्याग गर्ने सोचमा रहेको कार्यक्रम मार्फत जानकारी भएको छ । त्यस्तै बेलबारी नगरपालिका संगै जोडिएको सुन्दरहरैचा नगरपालिकाका केही जनप्रतिनिधिहरु नेकपा (एस)को कार्यक्रममा खुलेरै सहभागी हुन थालेको नेकपा (एस) सुन्दरहरैचा नगर कमिटी महेश आचार्यले जानकारी दिए ।



















