काठमाडौं,४ फ़ागुन । अमेरिकी सहायता परियोजना (एमसीसी) को समर्थनमा माइतीघरमा मोटरसाइकल र्‍याली गरिएको छ । स्वतन्त्र नागरिक समाजको आयोजनामा आज बुधवार अनामनगरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन भइरहँदा माइतीघरमा भनेर यसको समर्थनमा प्रदर्शन गरिएको छ ।


सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । बिहान ११ बजेदेखि शुरु भएको एमसीसीविरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ ।

संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपका तीन प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् भने १३७ जना पक्राउ परेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो । सो क्षेत्र अहिले शान्त भएको छ ।
नयाँ पेजबाट