काठमाडौं,५ फागुन ।एमाले अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् ।ओलीसहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो ।
झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।
उजुरीमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल लगायतमाथि छानविन गरि कारवाही गर्न माग गरिएको छ ।



















