काठमाडौँ,५ फागुन । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार साँझ ५ बजे बस्ने बैठकले निर्क्यौल गर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनआवद्ध दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।

माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्योल हुने बताएका हुन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।

पाथिभरा डेलीबाट