काठमाडौँ,१३ फागुन । रामेछापको मन्थली नगरपालिका – ३ कठजोरबाट कांग्रेस परित्याग गरि प्रभावशाली युवा एमालेमा प्रवेश गरेका छन् ।

एमाले मन्थली नगर कमिटीको विस्तारित बैठकमा कठजोरका ६ जना प्रभाशाली युवा एमालेमा प्रवेश गरेको अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराई जानकारी दिए।

सचिव भट्टराईले दिएको जानकारी अनुसार मन्थली नगरपालिका – ३ कठजोरबाट कांग्रेस परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गर्नेहरुमा तरुण कठजोरका नेता रामशरण बुढाथोकी (बुद्धि) को नेतृत्वमा विनोद नेपाली , हरि चन्द्र खड्का , निशान घिमिरे , हरि खड्का र प्रदिप भट्टराई रहेका छन् ।

नवप्रवेशीलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा एमाले रामेछापका इन्चार्ज कैलाश ढुङ्गेलले स्वागत गरेका थिए ।