काठमाडौं,१५ फागुन । नेकपा एमालेविरुद्ध ७ दलीय गठबन्धन बनाएर निर्वाचन भएको रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा एमालेको प्यानल नै विजयी भएको छ ।
४ हजारभन्दा बढी उपभोक्ता रहेको यहाँको निर्वाचनमा देवदहमा रहेका ७ वटा राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।
निर्वाचनको परिणाम अनुसार अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत ल्याएर विजयी भएका छन् ।
निर्वाचनमा अध्यक्षका प्रत्यासी मोतीलाल ढकालले १३ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा अनिसा पौडेलले १५ सय ९ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उपाध्यक्षका प्रत्यासी मिनादेवी रिमालले १३ सय ९८ मत प्राप्त गरे । सचिवका उम्मेदवार हरिप्रसाद पाण्डेले १५ सय ६१ मत ल्याएर विजयी भए भने, सचिवमा प्रत्यासी डिल्लीराज मरासिनीले १३ सय २४ मत प्राप्त गरे ।
त्यसैगरी कोषाध्यक्षका उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत ल्याएर विजयी भए भने, अर्का प्रत्यासी थानेश्वर भट्टराईले १२ सय २७ मत प्राप्त गरे ।



















