काठमाडौं,१६ फागुन । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । सोमबार राष्ट्रिय जनमोर्चाको बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता सम्झौता त्यही बेला एमसीसी जस्ताको तस्तै पास गर्न चाहेको बताएका छन् ।
११ बुँदे व्याख्यात्म टिप्पणीसहित आइतबार संसद्बाट एमसीसी पास भएको भोलिपल्ट प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले ओलीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्न खोजे पनि आफूले नमानेको बताए ।



















