काठमाडाैं,२८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बझाङ जाँदै हुनुहुन्छ । नेकपा एमाले बझाङले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङ जान लाग्नुभएकाे हाे ।

एमालेले आइतबार बझाङमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओली आउने जानकारी दिएकाे हाे । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पाैडेल पनि बझाङ जानुहुनेछ । सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका २ हजार बढी नेता-कार्यकर्तालाई एमालेमा स्वागत गर्नुहुने कार्यक्रम रहेकाे एमाले बझाङले जनाएकाे छ ।