सुन्दरहरैंचा,४ बैशाख । माेरङकाे सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसर गोठगाउँमा दशौ दीक्षान्त समारोह सम्पन्न भएको छ ।  दीक्षान्त समाराेहमा विभिन्न विषय तथा विधाका गरि १४ हजार १ सय ३६ जना विद्यार्थीहरु दीक्षित गरीएको हो ।

 कोभिडको विशेष परिस्थीतीको बेला आवेदन मागेको र सवै विद्यार्थीहरुलाई चाहदा चाहदै सहभागी गराउन नसकिएको हुदा ३७ जना स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरु लाई मेडल प्रदान गरि सम्मान गरिएको रजिस्ट्रार निलमणी पोखरेलले बताए । कार्यक्रममा कला संकाय , शिक्षाशास्त्र शंकाय, कानुन , व्यवस्थापन , विज्ञान तथा प्रविधि संकाय लगायतका परिक्षामा समेत उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षान्त भएका हुन् ।

बुधबार भएको दीक्षान्त समाराेहमा विश्वविद्यालयका सहकुलपति माननीय शिक्षा ,विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पाेखरेलकाे सभापतित्वमा भएको थियाे । दीक्षान्त समारोहमा प्रमुख अतिथि नेत्र विशेषज्ञ डा. सन्दुक रूइत थिए । उनले समाराेहमा दीक्षान्त अभिभाषण गरेका छन ।

समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्यहरु मोरङ क्षेत्र ६ का संघिय सांसद पुर्व मन्त्री लालबाबु पण्डित मोरङ ३ नम्बर क्षेत्रका संघिय सांसद तथा पुर्व मन्त्री भानुभक्त ढकाल, राष्ट्रीय सभाका सदस्य गोपी बहादुर आछामी प्रदेश सभाका साम्सद पुर्वाराज्य मन्त्री राजकुमार ओझा नेकपा एमालेका नेता बिनोद ढकाल लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकाल शिक्षा क्षेत्रका विशिष्ट व्यातित्व , भिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतकाे सहभागिता रहेको थियाे ।