काठमाडौं,१६ जेठ । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्त नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।