• नवराज दाहाल

विराटचोक ,१ असार । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमालेको तर्फबाट निर्वाचित अजम्बर राई बुबा बलबहादुर र आमा हर्कशोभा राईको कोखबाट २०१५ सालमा खोटाङ्गको बुइपा ९ मा जन्मनु भएको हो ।

२०३६ साल देखि भूमिगत कालदेखि नै कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको राई त्यतिखेर बहुदलको पक्षमा खुलेर लाग्नु भएको थियो । मोरङको सिजुवा स्थित सौठा माविको शिक्षण पेशालाई छाडेर राई राजनीतिमा सक्रिय हुनु भएको हो । २०४० साल देखि मोरङको साविक दुलारी गाबिसमा हालको सुन्दरहरैचा नगरपालिका ३ मा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ ।

राजनीतिलाई निरन्तरता दिदै राई नेकपा एमाले दुलारी ग़ाउ कमिटीको सचिव हुदै मिर्गौलिया इलाका कमिटीको सचिव हुनुभयो । त्यसैगरी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुदै हाल १ नम्बर प्रदेश कमिटी सदस्य हुनुहुन्छ । २०४९ सालमा दुलारी गाबिसमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभयो त्यसैगरी २०५४ सालमा मोरङ जिल्ला विकास समितीको सदस्यमा निर्वाचित हुनु भएको थियो ।

राई गत बैशाख ३० गते भएको निर्वाचनमा सुन्दरहरैचा नगरपालिकामा नेकपा एमाले मेयर, उपमेयर सहित बहुमत सिट हासिल गरेपछि अल्पसंख्यक जातिबाट नगर कार्यपालिका सदस्यमा निर्वाचित भएपछि नेकपा एमाले मोरङ जिल्ला कमिटीले जिल्ला समन्वय समिति मोरङको प्रमुखका लागी उम्मेदवार बनाएको थियो ।

286942459_5003375446455192_1262136343714181470_n (2)