काठमाडौ,२४ असार । नेकपा एमालेले दाताहरुबाट चन्दा उठाएर पार्टी खर्च सञ्चालन गर्ने क्रमलाई क्रमश कटौती गरेर आत्मनिर्भरअभियान सञ्चालन गर्ने भएको छ ।

एमाले उपमहासचिव एवं आर्थिक विभागका प्रमुख विष्णुप्रसाद रिमालका अनुसार यो अभियान आजैबाट सुरु भएको छ । यसका लागिएमालेका पार्टी सदस्य मध्येबाट इच्छुकले हरेक महिना पार्टीको नाममा ५ हजार रुपैंया जम्मा गर्नुपर्नेछ । पार्टी सदस्य नभएको व्यक्ति योअभियानमा सरिक हुन पाउने छैन ।

पहिलो चरणमा ५ हजार जनाले रकम जम्मा गर्दा मासिक २ करोड ५० लाख रुपैंया जम्मा हुन्छ । एक वर्षमा ३० करोड रुपैंया पार्टीकोकोषमा जम्मा हुन्छ ।

‘यो कार्यकालभरी पार्टीको खर्च यसैगरी सञ्चालन गरिन्छ’ रिमालले भन्नुभयो ‘यो अभियानमा जोडिने कमरेडलेएकैचोटी वर्षको ६० हजार बुझाउछु वा तीन महिनाको रकम एक चोटी बुझाउछु भन्न पाइदैन । हरेक महिना ५ हजार रुपैंयाका दरले रकमजम्मा गर्नुपर्दछ ।’

रिमालका अनुसार पार्टीलाई आत्म निर्भर बनाउनका लागि आर्थिक विभागले यो नीति अवलम्बन गरेको हो । पहिलो चरणमा ५ हजारजना सदस्य नभएसम्म यो अभियान सञ्चालन हुन्छ ।

५ हजार सदस्य पुगिसकेपछि पनि इच्छुकहरुको संख्या थपियो भने यस्तै कुनै अभियान सञ्चालन गरिने रिमालले बताउनुभयो । यसअभियानमा जोडिनका लागि मोवाइल बैंकिङ वा इसेवाबाट क्यूआर स्क्यान गरी रकम जम्मा गर्न सकिन्छ ।