बेलबारी,५ साउन । मोरङको बेलबारीमा करेन्ट लागेर एक बृद्वको ज्यान गएको छ । बेलबारी नगरपालिका-९ का ६५ वर्षीय सिंहबहादुर दर्नालको करेन्ट लागेर ज्यान गएको हो।

आफ्नै घरको भान्सा कोठाको बल्ब मिलाउने क्रममा वृद्धलाई बुधबार दिउँसो १ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको मोरङ प्रहरीले जानकारी दिएको छ।