काठमाडौं,१४  फागुन । नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले प्रधानमन्त्री प्रचण्डका नाममा खुला पत्र लेख्दै यस पटक राष्ट्रपतिको पदमा जनजाती उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत प्रचण्डलाई सम्बोधन गरेर विगतमा आदिवासी,जनजाती,मधेसी,महिला,दलित,पिछडिएको क्षेत्रको मुक्तिका लागि भन्दै संघर्ष गरेर अहिले जनजाती उम्मेद्वारलाई नसघाउने कुरा पुनर्विचार गर्न शेर्पाले आग्रह् गर्नुभएको हो ।‘यो देशमा राष्ट्रपतिमा मधेसी उठ्यो हार्नु परेन,महिला उठ्यो हार्नु परेन तर जनजाती उठ्दा तपाईंकै कारण हार्नुपर्ने ?’ शेर्पाले सोध्नु भएको छ ।

प्रचण्डलाई विगत सम्झाउदै शर्पाले भन्नुभएको छ ‘एकपटक हिजोको दिनलाई सम्झिनुहोस । आदिवासी जनजातीलाई के के सपना देखाउनु भएको थियो । आज तपाईं के गर्दै हुनुहुन्छ ?’

शेर्पाले आफ्नो निर्णयमा पुनर्विचार गरेर आदिवासी जनजाती उम्मेद्वारलाई सघाएको घोषणा गर्न पनि पत्रमा आग्रह गर्नुभएको छ । शर्पाले प्रचण्डलाई भन्नुभएको छ ‘तपार्ईकै कारण आदिवासी जनजातीको छोराले चुनाव हार्नु परेको सन्देश नजाओस ।

Screenshot (2579)