वेलायतमा बिहीबार राति विदेश कार्यालय मन्त्री मार्क फिल्डले एक विरोधी महिलालाई घाँटीमा पक्रिएर वैठक भइरहेको स्थानबाट बाहिर निकालिदिएका छन्। यस घटनासँगै कन्जरभेटिभ पार्टीका नेता फिल्डको चर्को आलोचना भएको छ। उनलाई पदबाट बर्खास्त गरिनुपर्ने आवाज उठेको छ।

यस घटनाको भिडियो सार्वजनिक भएको छ। जहाँ वातावरण सम्बन्धी गैरसरकारी संस्था ग्रिनपिसकी अभियन्तालाई मार्क फिल्डले घाँटीमा पक्रिएर बाहिर निकालेको देखिन्छ।

म्यानसन हाउसमा आयोजित कार्यक्रममा चान्सलर फिलिप हामोन्ड्सले बोल्नेक्रममा महिलाहरु कार्यक्रमको विरोध गर्न पुगेका हुन्छन्।

एक महिला भित्र पस्न खोज्दा फिल्डले उनलाई रोकेको देख्न सकिन्छ। फिल्डले आफ्को कार्यप्रति माफी मागेका छन्।

उनले कार्यक्रममा कोही सुरक्षाकर्मी नभएको अवस्थामा महिलासँग हतियार भएको शंका लागेकाले उनलाई बाहिर निकालेको प्रतिक्रिया जनाएका छन्।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/R4QraRMZm-I" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>